(१) आफ्नो इलाकाभित्रको देहायका मुद्दाको शुरु कारवाही र किनारा गर्ने अधिकारक्षेत्र भूमि प्रशासकको हुनेछ
(क) जग्गा वा तिरो दपोट,
(ख) मालपोतसम्बन्धी,
(ग) जिमिदार, तालुकदार, पटवारी, बहाली, बर्खासी,
(घ) मर्ता पर्ता भई उकास भएको जग्गासम्बन्धी,
(ङ) हाल आवादी र सो सम्बन्धित सन्धिसर्पन,
(च) जग्गा भोगेको नाताले लागेको रकमसम्बन्धी,
(छ) भूमि प्रशासन कार्यालयसम्बन्धी ठेक्का–पट्टाको नोक्सानी असुल उपर गर्ने विषय र
(ज) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको भूमि प्रशासन कार्यालय सम्बन्धी अन्य विषय ।
(२) उपदफा (१) अन्तर्गत भूमि प्रशासकले गरेको निर्णय उपर पैंतीस दिनभित्र उच्च अदालतमा पुनरावेदन लाग्नेछ ।
(३) यस दफामा “भूमि प्रशासक वा भूमि प्रशासन कार्यालय” भन्नाले भूमि प्रशासन ऐन, २०२४ लागू नभएको ठाउँमा क्रमशः माल अड्डाको हाकिम वा माल अड्डा सम्झनु पर्छ ।